Comments Add Comment

कुम्मायकका योजना केही पुरा, केही अधुरा, समय अवधिमा पूरा गर्न निर्देशन

रमेश थापा 
पाँचथर
—पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित बिभिन्न योजनाको अनुगमन तथा निरिक्षण गरिएको छ । गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का नेतृत्वको अनुगमन टोलिले चालु आर्थिक वर्ष २०७८—०७९ मा सञ्चालन भएका योजनाको अनुगमन गरेको हो । उपभोक्ता समिति र ठेक्का मार्फत संचालन भएका योजना र कृषि, पशु साथै प्रधामन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गतका योजनाको अनुगमन गरिएको अनुगमन समिति संयोजक तथा उपाध्यक्ष मेहन्द्र खड्काले बताए ।  “हामीले धेरै योजना अनुगमन गर्‍यौं । कतिपय अधुरा योजना छन, कतिपय पूरा छन । कतै राम्रो छ, कतै सुधार गर्नु पर्ने देखिन्छ् । सुधार गर्नु पर्ने पक्षलाई सुधार गर्न निर्देशन दिएका छौ । खड्काले भन्े समय अवधि भित्रै योजना सम्पन्न गर्न भनेका छौ ।

गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, कृषिमा भकारो सुधार, सडक र पूर्वाधार क्षेत्रको अनुगमन गरेको छ । यासोक—लुवुघाट सडक मर्मत सुधारमा सन्तोषजनक काम नभएकाले योजनाको काम सुधार गर्न निर्देशन दिएको उपाध्यक्ष खड्काले बताए । त्यस्तै यासोक क्याम्पसको रेलिङ निर्माणमा उपभोक्ता समितिबाट कमजोरी भएको भन्दै योजनाको काम सच्याएर भूक्तानी लिन निर्देशन दिएको पालिकाका इन्जिनियर महेन्द्र बास्कोटाले बताए । क्याम्पसको सिडीमा रेलिङ निर्माण गर्दा केही केही स्थानमा कमीकमजोरी भएको छ । हामीले सुधार गर्न भनेका छौ । त्यो बिषयमा समितिलाई निर्देशन दिने काम भएको बास्कोटाको भनाइ थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ