२०७८ चैत्र ०७ गते
पाँचथर- झापाको कमल गाँउपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-७ का २३ बर्षीय पाण्डव चौलागाई रहेका छन । हिजो दिउँसो पौने १२ बजे BR 38 T 5974 नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडि सवार चौलागाई गम्भिर घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकल चालक खड्का सामान्य घाईते भएकोमा दमक रिसर्च सेन्टर दमकमा उपचार पश्चात इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी गराउनुभएको छ ।
.png)