Comments Add Comment

मोरङको लेटाङमा भएको घटनाको स्थलगत अनुगमन

२०७८ चैत्र ७ गते

पाँचथर- मोरङको लेटाङ नगरपालिका-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी., सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थल गत अनुगमन तथा जानकारी लिनु भएको हो ।

हिजो उक्त बिधालयमा अध्ययनरत छात्रालाई सोही बिधालयका शिक्षकले दुर्व्यवहार गरेको बिषयमा वाद विबाद हुँदा बिधार्थी तथा बिधार्थीका अभिभावक अन्दाजि ४/५ सय जनाको संख्याले बिधालयमा तोडफोड गरेकोमा प्रहरीले भिड तितर बितर गर्ने क्रममा घाईते भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ