Comments Add Comment

अधुरो खानेपानी योजना प्रधानमन्त्री देउवाबाट उद्घाटन

पॉचथर- पॉचथरको सुख्खाक्षेत्र तुम्बेवा गाउँपालिकामा सञ्चालित बृहत पम्पिङ खानेपानी आयोजनाको सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नभएको छ । उपभोक्ताको घर-घरमा पानी बितरण नगरी हतार-हतार खानेपानीको उद्धघाटन प्रधानमन्त्रीबाटै गरिएको हो । नेपाल सरकारले २०६७ मा सुख्खाक्षेत्र घोषण गरेको  आङ्ना मौवा वृहत तमोर पंम्पिङ खानेपानी योजना अधुरो छ । तर त्यहि अधुरो खानेपानी योजना प्रधानमन्त्रीबाटै उद्धघाटन हुन पुग्यो । 

सुख्खाक्षेत्रको वडा नं. १, २ र ३ का १ हजार ६ सय ४ घरधुरीमा खानेपानी पुर्‍याउने उद्देश्यका साथ आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ । आयोजना हेर्ने संघीय खानेपानी तथा ढल विकास आयोजना इलामका प्रमुख सुरतलाल चौधरी भन्नुहुन्छ् । तीन वटा वडाका १ हजार ६ सय ४ घरधुरीमध्ये हालसम्म ९ सय ४ घरधुरीमा पाइपलाइन विस्तार भएको छ । मौवा बजारका करीब ४० घरमा खानेपानी वितरण सुरुवात भएको छ् उहॉले भन्नुभयो । 

सुख्खाले प्रभावित क्षेत्रमा खानेपानी विस्तार सम्पन्न नै नभई आज तुम्बेवा गाउँपालिका-३ मौवा बजार स्थित इन्द्रेणी माध्यमिक विद्यालयमा निर्माण गरिएको धाराको टुटी खोल्दै प्रधानमन्त्री देउवाले आयोजनाको उद्घाटन गरेका हुन् । चौधरीका अनुसार आयोजनाको हालसम्म करीब ९५ प्रतिशत भौतिक प्रगति हासिल भए पनि उपभोक्ता समिति, तुम्बेवा गाउँपालिका तथा अन्य सरोकारवालाको आग्रहमा आयोजनाको उद्घाटन गरिएको हो । आयोजनाको सोमवार उद्घाटन भएपनि वितरणको कार्य सुरुआत गर्न धेरै समय लाग्ने देखिएको छ ।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयोजनाले खानेपानीको संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग गरेको बताउनु भयो । स्वच्छ खानेपानी र सरसफाईको सुविधा आम नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो । शहरी र गाउँहरुमा स्वच्छ खानेपानी आपूर्तिको ब्यवस्था अझैसम्म सुनिश्चित पार्न सकिएको छैन् । जसकारण धेरै समय खानेपानीको खर्च गर्नु परेको छ ।”
खानेपानी मन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको बताउँदै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत महशुल छुटको ब्यवस्था गर्ने ब्यवस्था आवश्यक रहेको बताउनुभयो ।

तुम्बेवा गाउ‘पालिका वडा नं. १, २, ३ का १ हजार ६ सय ४ घरमा खानेपानीको सुविधा पुर्‍याउन वि.सं. २०७४ साल असारबाट आयोजना निर्माण थालिएको थियो । रु. ४५ करोड २० लाख नौ हजार ४ सय ६ को लागतमा उक्त आयोजना निर्माण भएको आयोजनाबाट आठ हजार बढी स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्याङ्क छ ।

तमोर नदीको लखुवाघाटबाट सात वटा पम्पिङ ट्याङ्कीहरुको सहायताले १ हजार ३ सय ३६ मिटर माथि मौवा डााडामा ल्याई वितरणको ब्यवस्था मिलाइएको हो । जस कार्यका लागि ११ केभीएको विद्युत प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ । आयोजनामा प्रतिसेकेन्ड १०.९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

आयोजनाको आज उद्घाटन भएपनि खानेपानी वितरणको कार्य सुरुआतकै चरणमा छ । १ हजार ६ सय ४ घरधुरीमा खानेपानी पुर्‍याउनु पर्ने भएपनि हालसम्म करीब ९ सय घरसम्म पाइपलाइन विस्तार भएको छ । यस्तै मौवा बजारका करीब ४० घरमा खानेपानी वितरण थालिएको छ । अन्यत्र क्रमश: खानेपानी विस्तार हुने संघीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले वताउनुभयो । कार्यक्रममा तुम्बेवा गाउापालिकाका अध्यक्ष होमनाथ थापाले पम्पिङका क्रममा लाग्ने विद्युत महशुल छुटको ब्यवस्था गरिदिन प्रधानमन्त्री देउवा समक्ष आग्रह गर्नुभएको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ