Comments Add Comment

भक्तपुरमा सिलिण्डर विस्फोट, एक घाइते

भक्तपुर, २५ पुस

सूर्य विनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते भएका छन्। विस्फोटमा परी दुई घरमा क्षति पुगेको छ ।

सिलिण्डर विस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको प्रहरीले जनाएको छ । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

विस्फोट हुँदा घरको भान्छा कोठा भत्किएको छ भने पार्किङमा रहेको कारको सीसा फुटेको छ । छिमेकीको घरको झ्यालका सिसा फुटेर क्षति पुगेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ