Comments Add Comment

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २६ पुस

कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले लाभांश शेयरधनीहरूलाई १३ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ ।

बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र कर करसमेत गरी ११ प्रतिशत नगद लाभांश गरी शेयरधनीहरुलाई १३ प्रतिशत बोनस वितरण गर्ने भएको छ । 

कम्पनीले नेपाल अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले नगद लाभांश दिने जनाएको छ । बैंकले गत वर्ष २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ