कुमार खड्का
पाँचथर २६ पुष- पाँचथरमा सुत्केरी महिलाको मृत्यु भएको बिषय थप पेचिलो बन्दै गएको छ। कुम्मायक गाउँपालिका २ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ ज्यान गएको थियो।
मृतक मनिसाका माईती पक्ष र घरबाट स्वास्थयकर्मीको लापर्वाहीका कारण मनिषाको ज्यान गएको आरोप लगाएका छन। पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११:५५ बजे सामान्य अवस्थामा छोरालाई जन्म दिएकीथिन। मृतक मनिषाकी काकी टिका गड्तौलाले भनिन “हामीले सामन्य अवस्थामा स्वास्थ चौकी पर्याएका थियो, बच्चालाई जन्मदिएपछि लगातार रक्तस्राव हुनथाल्यो, हामीले पटक, पटक स्वास्थ्य अवस्था अवस्थाका बारेमा बुझिराखेका थियौँ रेफर गर्दिनु पर्छ भने गर्दिनुहोस भनेउ, तर उहाँहरुले यहि हुन्छ भन्नु भयो, अन्तिम ४ बजेको अवस्थामा स्वास्थकर्मीले छिटो लानुहोस भन्नुभयो” उनले थपिन, हामी त केहि नजान्दैनौँ, डक्टरले यहि हुन्छ भने पछि, हाम्रो बिरामी लान्छौ भनेर लाने कुरा पनि भएन, ५ बजे भित्रमा स्वास्थ्य चौकीबाट ननिकाले जबरस्थि निकाल्दिने पनि स्वास्थ्यकर्मीले भनेको उनले बताईन।
मृतक मनिसाका जेठाजु नेत्रप्रसाद गड्तौलाले पनि स्वास्थ्यकर्मीकै लापरबाहिका कारण ज्यान गएको बताए। मनिसाको स्वास्थ्य चौकी माङजाबुङमा ज्यान गएपछि मात्र रेफर गरिदिएको आरोप समेत लगाएका छन्। उनले भनेका छन “ ३ घण्टाको मात्र समय थियो भने मनिसालाई बचाउन सकिन्थ्यो, स्वास्थ्यकर्मीले आधा घण्टाको मात्र समय दिए, मुल परान गएपछि मात्र डाक्टरले रेफर गरिदिए” उनले थपे, “मध्यान १२ बजे देखि स्वास्थ्यकर्मीलाई पटक, पटक यहाँ सक्नुहुन्न भने भन्नु, हामी हाम्रो बिरामी लान्छौ हामीले भन्यौँ , तर उहाँहरुले हाम्रो कुरा सुन्नुभएन”।
त्यस्तै स्थानियबासी रेनुका निरौलाले पनि स्वास्थ्यकर्मीको लापरबाहिले मनिसाको ज्यान गएको बताईन। “समयमा स्वास्थ्य चौकीले रेफर गरिदिएर सुबिधा सम्पन्न अस्पताल पु¥याएको भए ज्यान बच्ने थियो”। सवारी साधन नपाएर ज्यान गएको भन्ने कुराचै अफवाह मात्र भएको उनको भनाई छ।
समयमै बिरामी रेफर नगरिदिदा गाडीको व्यवस्था गर्न केही समय लागेतापनि गाडीकै अभावका कारण भने बिरामीको ज्यान गएको कुरा आथार्त नभएको मनिसाका आफ्न्तले दाबि गरेका छन्।
उता स्वास्थ्यचौकी माङजाबुङका इन्चार्ज सुचिन्द्र मेहेताले भने आफुहरुले समयमानै अस्पताल रेफर गरिदिएको दाबी गरेका छन्। उनले भने “सबै कुरा ठिक थियो, ३ बजे जाउली खाना पनि खानुभयो, तर एक्कासी ४ बजे बिहोस हुनुभयो, त्यस पछि हामीले तत्काल रेफर गरिदिएको हो”
महिनासाका माइतिपक्षका दाजु मदनले पनि स्वास्थ्य चौकीको लापर्वाहीका कारणनै बहिनि गुमाउनुपरेको दुखेसो गरेका छन्। उहाँ भन्नुहुन्छ “ सामान्य रुपमा डेलिभरी भएकी बहिनिको अस्पतालमा पोष्टमाटम रिपोर्टमा इन्टर्नल ब्लिडिङ र प्रेसर लो भएर ज्यान गएको भनेको छ कम्सेकम अस्पतालमै हुँदा प्रेसर लो भको र इन्टर्नल ब्लिडिङ भएको कुरा थाहाँ पाउनुपर्छ, स्लाइनपानि दिदा पनि क्यानेलाहरुको प्रयोग नगरेको हुदाँ लापर्वाहीकै कारण बहिनी गुमाउनुपर्यो”
पाँचथर अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापाले प्रसूतिपछि हुने अत्यधिक रक्तश्रावकै कारण उनको मृत्यु भएको बताए। समयमानै अस्पताल ल्याएको भए मनिसाकलाई बचाउन सकिन्थ्यो डा. थापाले भनेका छन।
मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन्। जिल्ला अस्पताल र स्वास्थ्य चौकी बाहेक पाँचथरका अन्य स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध छैन्।
.png)