Comments Add Comment

शनिवार चटयाङ लागेकी महिलाको उपचारको क्रममा मृत्यु

ओखलढुंगा, १७ बैशाख । चटयाङ लागेर गम्भिर घाइते भई उपचाररथ महिलाको मृत्यु भएको छ । 

शनिबार अपराह्न चट्याङमा परी  घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको उपचारको क्रममा आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको हो । उनलाई हिजो घरमा नै बसिरहेको अवस्थामा चटयाङ परेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ