Comments Add Comment

काठमाण्डौँको बानेश्वरमा इलामका एक पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौँ, १० माघ 

काठमाडौँको बानेश्वरमा आज एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेमप्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका देखिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । आचार्यको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ