२०७८ चैत्र १० गते
पाँचथर- सप्तकोशी नदीमा हाम फालेका बिराटनगर महानगरपालिका-८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ । बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
.png)