Comments Add Comment

फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सम्मानित

रमेश थापा
पॉचथर-
पॉचथरको फाल्गुनन्द गाउँपालिकाले दशौ हिउदे गाउँसभा मार्फत जनप्रतिनिधि र कर्मचारी सम्मान गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजना गरेको हिउदे गाउँसभा मार्फत पॉच वर्षे कार्यकालमा उकृष्ट काम गर्ने कर्मचारी र जेष्ठ जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
कार्यापालिकाको बैठकले दुई जनप्रतिनिधि र ६ कर्मचारी सम्मान गर्ने निर्णय गरेको थियो । सोही निणर्य अनुसार जनप्रतिनिधि र कर्मचारीलाई प्रसंशा पत्र प्रदान गरी सम्मान गरेको हो

सम्मानित हुने जनप्रतिनिधिमा फाल्गुनन्द-५ का वडाअध्यक्ष अबिन्द्र चेम्जोङ र ७ न. वडा  सदस्य नेर प्रसाद आङ्देम्बेलाई जिल्ला समन्वय समिति संयोजक बिष्णु प्रसाद सापकोटाले प्रसंशा पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । उहॉहरुलाई जेष्ठ जनप्रतिनिधिको रुपमा पॉच बर्षे कार्यकाल सकुशल रुपमा पूरा गरेको भन्दै सम्मान गरिएको गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङले बताउनुभयो।

त्यस्तै कर्मचारीको तर्फबाट सेवा अवधि, कार्य अनुभव र अनुसाशनका आधारमा गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख चन्द्र बहादुर सुब्बा १ न. वडा सचिव प्रदिप थापा, नैन सुन्दरी चेम्जोङ र कार्यालय सहयोगी गोपाल हाङ चेम्जोङलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो ।
यसैगरी सामुदायिक विद्यालयको तर्फबाट गाउँपालिकामा रहेको नमुना विद्यालय बाहेक उकृष्ठ कार्यसम्पादनको आधारमा पिपलबोटे आ.बि.का प्र.अ बेदनिधि लुइटेललाई पनि सम्मान गरिएको थियो । गाउँसभाले सामान्य केही बजेट मात्रै सम्सोधन गरेको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ