पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाले प्रसुती सेवा केन्द्रको उद्धघाटन गरेको छ । गाउँपालिकाले कुम्मायक-५ स्थीत स्याबरुम्बा स्वास्थ्य चौकीमा स्थापना गरिएको प्रसुती सेवा केन्द्रको उद्धघाटन गरेको हो । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले प्रसुती सेवा केन्द्रको उद्धघाटन गर्नुभएको छ । गाउँपालिकाको ८ लाख रकमको लगानीमा निर्माण सम्पन्न भएको दुई कोठे प्रसुती सेवा केन्द्रलाई प्रयोगमा ल्याउने अध्यक्ष चेम्जोङले बताउनुभयो । नागरिकलाई सुरक्षित प्रसुती सेवा प्रभाह गर्ने उदेश्यले स्थापना गरिएको बर्थिङ सेवाको निरन्तर स्तरवृद्धि गर्दै लाने उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुवेदीले घरमा सुत्केरी गराउदा जोखिम हुने भन्दै आमा र बच्चालाई जीवन रक्षा गर्न स्वास्थ्य चौकीको प्रसुति गृहमा पर्याउन सुझाव दिनुभयो । सो अवसरमा भवन निर्माण गर्न निशुल्क तीन रोपनी जग्गा दान गर्ने स्थानीय समाजसेवी टठ बहादुर पाण्डेलाई सम्मान गरिएको थियो ।

गाउँपालिकाले तीन वटा प्रसुती सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । दक्ष स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन गरी गाउँपालिकाको माङजाबुङ, यासोक र हालै उद्धघाटन गरिएको स्याबरुम्बा स्वास्थ्य चौकीमा यो सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले जानकारी दिनुभयो ।
उद्धघाटन समारोहमा पालिका अध्यक्ष जयबहादुर चेम्जोङ, प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुवेदी, करुणा फाउन्डेसन जिल्ला अध्यक्ष केदार भण्डारी, स्वास्थ शाखा प्रमुख केदार खड्का लगायत स्वास्थकर्मी राजनीतिक दलका प्रतिनिधि शुभेच्छुक र नागरिक समाजको समेत उपस्थिति रहेको थियो । कार्यक्रम ५ नम्बर वडा अध्यक्ष यामबहादुर बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो ।
.png)