Comments Add Comment

गाउँपालिका जादै गर्दा बाटोमै एक शिक्षकको मृत्यु

मुगु, २९ पुस

 मुगुकाे सोरु गाउँपालिका-४ अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय फोतुमा कार्यरत शिक्षक रामबृक्ष सिंहको मृत्यु भएको छ ।

गत मंगलबार विद्यालयको कामको सिलसिलामा फोतुदेखि गाउँपालिका केन्द्र सोरुकोट आउने क्रममा बाटोमा असामयिक निधन भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानअनुसार बेहोस अथवा हृदयघात हुने सक्ने अनुमान गरिएको छ । यसको पूर्ण रूपमा जानकारी प्राप्त भएको छैन । जिल्ला अस्पतालले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यकिन जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।     
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ