Comments Add Comment

फाल्गुनन्द गाउँपालिका १, नवमीडाँडामा खुल्ला पुरुष फुट्बल प्रतियोगिता चैत ३० देखि सञ्चालन हुने

दिपक दुलाल,चैत्र १५

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा चैत्र ३० गतेबाट  खुल्ला पुरुष फुट्बल प्रतियोगिता सञ्चालन हुने भएको छ।
नयाँवर्षको अवसरमा तिजोक यूवाक्लव नवमीडाँडाले विगत लामो समयदेखि  सञ्चालन गर्दै आएको  फूट्बल प्रतियोगिता यसवर्ष यहि चैत्र ३० गतेबाट शुरु भइ २०७९ बैशाख ४ गतेसम्म सञ्चालन हुन लागेको हो ।
तिजोक यूवाक्लवले आज नवमीडाँडामा आयोजना गरेको विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधीहरु समाजसेवी, बुद्धिजिवीहरु लगायतको उपस्थिती रहेको सर्वपक्षिय भेलाले फुट्बल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम र मेलाको समेत आयोजना गर्ने निर्णय गरेको हो ।


 बैठकले खेल तथा सांस्कृतिक कार्यक्रम र मेला सञ्चालन गर्नको लागि स्थानिय सरकार तथा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट अनुमति लिई सबैको साथ र सहयोगमा कार्यक्रम सफल बनाउँने निर्णय समेत गरेको  तिजोक यूवाक्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो ।
यसवर्षको पुरुष फूट्बल प्रतियोगिताको बिजेतालाई १ लाख ५ रुपैयाँ र उपबिजेतालाई ६० हजार ५ रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र  प्रदान गरिने आयोजकले जनाएको छ । सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा सञ्चालन हुने फुट्बल प्रतियोगितामा १२ टिमलाई  सहभागि गराउँने आयोजक क्लवका सचिव कुबेर आङ्देम्बेले बताउँनुभयो ।
खेल अवधिभर नवमीडाँडा बजारमा नयाँवर्ष मेला लगाउँने तथा बैशाख ३ गते विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिने आयोजकलाई उधृत गर्दै हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुुभएको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ