रमेश थापा यासोक
यासोक । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसको साख तोड्दै नेकपा एमाले निकट नवराज घिमिरे निर्वाचित हुनुभएको छ। पाँचथर उद्योग वाणिज्य संघको १२ औं अधिवेशनमा सत्ता गठबन्धनलाई झड्का लगाउदै घिमिरे निर्वाचित हुनु भएको हो । अध्यक्षमा गठबन्धनका नरेन्द्र अधिकारीलाई पराजित गर्दै एमालेका नवराज घिमिरे ७९ मत अन्तरले अध्यक्षमा विजयी हुनुभएको छ । घिमिरेले ६ सय ५२ प्राप्त गर्नुभयो भने अधिकारीले ५ ७३ मत प्राप्त गर्नुभएको थियो ।
अधिकारी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार हुनुहुन्थो । अधिकारी कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र संघिय समाजवादीका साझा उमेद्धवार थिए । त्यस्तै घिमिरे नेकपा एमालेका उमेद्धवार हुनुहुन्छ । एमाले र राप्रपाको गठबन्धनबाट घिमिरे अध्यक्षमा निर्वाचित उहाँ निर्वाचित हुनुभएको हो । पाँचथर उद्योग बाणिज्य संघको स्थापनादेखि पहिलो पटक कांग्रेसले नेतृत्व गुमाएको छ । भने अन्य पदाधिकारीमा भने सत्ता गठबन्धनका बहुमत उम्मेदवार विजयी भएका छन ।
.png)