पाँचथर- पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा नौं महिनादेखि डिप बोरिङ खानेपानी योजना अलपत्र परेको छ । कुम्मायक-५ को स्वाबुङ डिप बोरिङ खानेपानी योजना पम्प र प्यानल बोडको समस्याका कारण अलपत्र परेको हो । प्रदेश एक सरकारले २०७५ मा ३२ लाखमा डिप बोरिङ खानेपानी योजना सञ्चालनमा ल्याएको थियो । केही महिना निरन्तर संचालनमा आएको खानेपानी योजना प्राविधिक समस्याका कारण थला परेको छ ।
लामो समयदेखि अलपत्र परेको योजना संचालनको लागि तत्कालिन समयमा गाउँपालिका र वडामा स्थानीयले आग्रह गरेका थिए । तर त्यो समयमा गाउँपालिकाले चासो नदिएका कारण लामो समयदेखि योजना अलपत्र परेको हो ।
कुम्मायक गाउँपालिकाको अन्य चार वटा डिपबोरिङ खानेपानी योजना निर्माणको लागि प्रदेश सरकारले १ करोड ६० लाख रुपैयाँ खर्च गरेको थियो । ठुलो लगानी खर्चेर निर्माण गरेको योजना प्राविधिक समस्याका कारण संचालनमा चुनौति देखा परेको छ ।
यता गाउँपालिकाले सबै योजनालाई यथासिग्र संचालन गर्ने बचन दिएको छ । गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीले अघिल्लो स्थानीय सरकारले चासो नदिएको खानेपानी योजना चाँडै सञ्चालनमा ल्याउने बताउनु भयो । “लामो समयदेखि खानेपानी योजना बन्द भएको जानकारी आएको छ । आयोजनामा प्रयोग भएका पाइप पनि अलपत्र भएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ यसलाई तत्कालै सञ्चलानमा ल्याउछौ लावतीले भन्नुभयो ।

.png)