Comments Add Comment

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडा बजार क्षेत्रमा सरसफाई

दिपक दुलाल,चैत्र २१
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,मा रहेको नवमीडाँडा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
तिजोक यूवा क्लव, प्रहरी चौकी नवमीडाँडा र वडा कार्यालयको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । सरसफाइ कार्यक्रममा तिजोक यूवा क्लवका पदाधिकारीहरु, प्रहरी चौकी नवमीडाँडाका सुरक्षाकर्मीहरु,जननिर्वाचित प्रतिनिधीहरु,नवमीडाँडा बजारबासी लगायतको सहभागिता रहेको थियो ।
नयाँवर्षको अवसरमा तिजोक यूवा क्लव नवमीडाँडाले यहि चैत्र ३० गतेदेखि सञ्चालन गर्न लागेको नयाँवर्ष मेला तथा फुट्बल प्रतियोगितालाई लक्षित गरी सरसफाइ कार्यक्रम सञ्चालन गरिएको तिजोक यूवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो
सरसफाइ कार्यक्रम अन्तर्गत नवमीडाँडा बजार तथा आसपासको क्षेत्रमा रहेको फोहोर मैला व्यवस्थापन गरिएको आयोजकलाई उधृत गर्दै हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ