दिपक दुलाल,मंसिर १२
बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२, इम्बूङमा जारी खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको फाइनलमा आयोजक र तिजोक यूवा क्लव नवमीडाँडा भिड्ने भएका छन्।
आजको सेमीफाइनल खेलबाट जित निकाल्दै आयोजक र तिजोक यूवा क्लव नवमीडाँडा भोलि हुने फाइनल खेलमा उपाधीका लागि भिड्ने भएका हुन् ।
आज भएको अन्तिम सेमी फाइनल खेलमा फाक्चुवा क्लव माङ्जाबुङलाई २ का विरुद्ध ३ गोलले पाखा लगाउँदै आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लव फाइनलमा प्रवेश गरेको हो। यस्तै आजै सम्पन्न पहिलो सेमी फाइनल खेलमा अभ्यास एण्ड अनुभव कन्ट्रक्सन घुर्विसे पञ्चमीलाई १ का विरुद्ध ५ गोलको फराकिलो गोलअन्तरले पराजित गर्दै तिजोक यूवा क्लव नवमीडाँडाले पनि फाइनलको यात्रा तय गरेको हो।
सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङको खेलमैदानमा भोलि दिनको ठिक १ बजे फाइनल खेल सञ्चालन गरिने आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवका अध्यक्ष अर्जुन नेम्वाङले जानकारी दिनुभयो। यसवर्षको पुरुष फुट्बल प्रतियोगिताको बिजेताले १ लाख ५ हजार र उपविजेताले ६५ हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन्।
विगत लामो समयदेखि कात्र्तिके पूर्णिमाको अवसरमा प्रत्येकवर्ष इम्बूङमा लाग्दै आएको वराहक्षेत्र मेला तथा फुट्बल प्रतियोगिता यसवर्ष मंसिर ८ गतेबाट शुरु भइ भोलि सम्पन्न हुने आयोजकलेजनाएको छ ।

.png)