Comments Add Comment

जनजीवीकाको सवालमा काम गर्छु । सम्बाहाम्फे

यासोक- नेकपा एमाले कुम्मायक गाउँपालिका अध्यक्षका उमेद्वार भीम प्रसाद सम्बाहाम्फेले स्थानीयतहमा असल नेतृत्व नहुदा नागरिकले दुःख पाएको बताउनु भएको छ । नागरिकको जनजिविकाको सवालमा काम गर्ने असल नेतृत्व नहुदा नागरिकले दुःख पाएको बताउनु भएको हो ।
बिश्व संचार अनलाईन संग कुरा गर्दै उहाँले किसानले उत्पादन गरेको अदुवा खरिद बिक्री नहुदा बारीमै कुहिने अवस्थामा पुगेको छ । वर्षभरी लगाएको तरकारी बालीले मुल्य पाएको छैन । यस्तो अवस्थामा किसानको जीवन स्तर सुधार नहुने भन्दै आफु निर्वाचित भए कृषि जन्य बस्तुको उत्पादन बृद्धिसंगै बजारको व्यवस्थापन गर्ने दावी गर्नुभयो । 
“अहिले गाउँपालिकाबाट बैदेशिक रोजगारीमा जाने युवाहरुको लर्को छ । गाउमा युवा शक्ति अभावमा खेती योग्य जमिन बाँझीएका छन । यस्तो अवस्थाबाट पालिकावासीको कृषि उत्पादनबाटै रोजगारीको अवसर प्रदान गर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘बिपक्षी दलका उमेद्वारले मलाई मतदातासंग परदेशी मान्छे भनेर अभियान नै चलाएका छन । म यस अघि काठमाडौं र बिदेशमै हुदा पनि गाउँपालिकाको शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा ठुलो सहयोग गर्दै आएको आफुसंग प्रमाण रहेको दावी गर्नुभयो । “बैदेशिक रोजगारीमा जानु मेरो बाध्यता थियो । अहिले यो बाध्यता हरेक नेपालीको छ । यसलाई रोक्ने म संग दीर्घकालीन लक्ष्य छ । यस्तो भिजन अरु नेताहरुसंग नभएको उहाँले दावी गर्नुभयो । 
मैले बिदेशमा रगत पसिना बगाएको पैसाले गाउँपालिकावासी अध्यायन गर्ने यासोक क्याम्पस संचालनको लागि ५ लाख भन्दा बढि रकम सहयोग गरेको छु । यसलाई कसरी लिने ? परदेशी युवाहरुको पीडा नजिकबाट नियालेको छु । अब देशमै रोजगारी दिन म आएको छु । गाउँपालिकाकावासीले मलाई विश्वास गरे भने म परिवर्तन ल्याउन सक्छु सम्बाहाम्फेले भन्नुभयो ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ