यासोक- पाँचथरको कुम्मायक गाउँपालिका १ नं. वडाअध्यक्षका उमेद्धवार टंक बहादुर पौडेलले चुनाव चिन्ह लाल्टिन पाउनु भएको छ । नेपाली कांग्रेसबाट बिद्रोह गरी वडा न. १ को वडाअध्यक्षमा स्वतन्त्र उमेद्धवार बन्नु भएका पौडेलले चुनाव चिन्ह लाल्टिन पाउनु भएको हो । निर्वाचन आयोगले उहाँलाई चुनाव चिन्ह लाल्टिन प्रदान गरेको छ ।
जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार भन्ने नारा बोकेर चुनावी अभियानमा खटिएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो् नेपाली कांग्रेस लोकतन्त्र र प्रजातान्त्रमा बिश्वास राख्ने पाटी हो । तर पछिल्लो समयमा तालमेलको नाममा जनआकाक्षा बिपरित गतिविधि गरेपछि आफु स्वतन्त्रमा उमेद्धार बनेको हो । जनताले आफुलाई लाल्टिन चिन्हमा मतदान गरी वडाअध्यक्षको पदमा बिजय गराउने पौडेलको दावी छ ।
.png)