Comments Add Comment

कुम्मायक गाउँपालिकामा तलब र भत्ता नलिने राप्रपा उम्मेवदारको घोषणा

यासोक— पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षका उमेद्धवार मदन चाम्लिङले आफु निर्वाचित भए सरकारी सुविधा नलिने घोषणा गर्नुभएको छ । जनताको हितमा इमान्दार भएर काम गर्ने र भ्रष्टाचार रहित सुशासन कायम गर्दै अघि बढ्ने उदेश्यले सेवा सुविधा नलिने घोषणा गरेको मदन चाम्लिङले भन्नुभयो । चुनावी सभालाई सम्बोधन गर्दै उहाँले ‘पदीय जिम्मेवारी पूरा गर्ने क्रममा गाउँपलिका अध्यक्षको तलब नलिने र सरकारी सवारी साधन प्रयोग नगर्ने मैले निश्चय गरेको छु । मुलतः जिम्मेवार स्थानीय तह स्थापना गर्नेछु ।’ 
राप्रपाका तर्फबाट कुम्मायक गाउँपालिका उपाध्यक्षका उम्मेदवार रोशिना बोहोराले विपन्न र जेहेनदार एक विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने बताइन् 
महिला र युवाले सञ्चालन गर्ने साना तथा लघु उद्योगलाई विशेष अनुदान र कर छुट उपलब्ध गराउने पनि बोहोराले बताइन् । यी दुई उम्मेदवारको १२ कक्षासम्म निशुल्क शिक्षा, सुत्केरीलाई तीन महिनासम्म तीन हजार मासिक भत्ता, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, सार्वजनिक स्थलमा निशुल्क वाईफाई सुविधा, कृषि तथा बाली बीमाको व्यवस्था, वेरोजगार तथा सीपविहीन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने पनि एजेण्डा छन् । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ