Comments Add Comment

बजार व्यवस्थापन गर्न फिदिम नगरपालिकाको निर्णय

रमेश थापा
पाँचथर- पाँचथरको फिदिम नगरपालिकाले फिदिम बजार व्यवस्थापन गर्ने विषयमा निर्णय गरेको छ। फिदिम बजार भित्रको अव्यस्थित सवारी पार्किङ व्यवस्थापन गर्ने भन्दै फिदिम नगरपालिकाले निर्णय गरेको हो।
फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेको अध्यक्षतामा जिल्लाका सरोकारवालाहरुको बैठकले फिदिम बजार क्षेत्र भित्रको पार्किङलाई व्यवस्थित गर्ने निणर्य गरेको छ। बिद्यालय समयमा मेचिराजमार्गबाहेक फिदिम बजार भित्रका सडकहरु बिहान साढे ९ बजेबाट १०ः३० बजे र दिउसो ३ः३० बजेबाट ४ः३० बजे सम्म सबारी साधनहरु सञ्चालनमा रोक लागउने निणर्य गरेको हो।
त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुमा सेवा लिन आउने सेवा ग्राहीले सडकमा अव्यवस्थित पार्किङ गर्ने गरेको कारण सडक सुरक्षामा जोखिम बढेको भन्दै बैंक तथा वित्तिय संस्थाहरुले आ–आफ्नो कार्यालय परिसरमा सुव्यवस्थित पार्किङको व्यवस्था मिलाउने बिषयमा निणर्य गरेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ