यासोक- पाँचथरको कुम्मायक गाउँपालिका-५ का वडाअध्यक्षका उमेद्धार निर्मलराज घिमिरेले शिक्षक पेशा छोडेर जनताको सेवा गर्न आएको बताउनु भएको छ । लामो समयदेखिको शिक्षण पेशा त्यागेर जनताको सेवा गर्ने उदेश्यले राजनीतिक क्षेत्रमा सेवाको भावनाले आएको बताउनुभयो ।
वडाको चुनावी कार्यक्रममा बोल्दै घिमिरेले वडाको दिगो विकास र नागरिकको आर्थिक जीवन स्तर माथी उठाउन हुँ । जनताले बिश्वास गरे भने पाँच वर्ष भित्र वडाबासीको जीवन स्तरमा आमुल परिवर्तन ल्याएरै छोड्ने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
घिमिरे लामो समय वडाकै महेन्द्रोदय मा.वि. को शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो । केही वर्ष यता कुम्मायक-१ स्थीत खाल्डे मा.वि.को प्र.अ. को जिम्मेवारीबाट राजिनामा दिदै वडा अध्यक्षको उमेद्धवार बन्नु भएको हो । वडावासीले घिमिरेलाई सहयोगी र इमान्दार व्यक्तिको रुपमा बुझने गरेका छन् ।
.png)