यासोक- कुम्मायक गाउँपालिका-३ नं. वडाका वडाअध्यक्षका उमेद्धवार बाबुराम कार्कीले वडाको नक्सामा बुटा भर्न आएको बताउनु भएको छ । वडाको चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले यस अघि पाँच वर्षे कार्यकाल पुरा गरेको स्मरण गर्दै यस्तो बताउनु भएको हो ।
हामीले संघीयताको कार्यान्वयपछि कुनै संरचना नभएको वडामा सडक र पूर्वाधारको क्षेत्रमा वडाको नक्सा को¥यौ । पाँच वर्षपछि पुन : पाटीले उमेद्धार बनाएको छ । निर्वाचित भए हामीले कोरेको नक्सामा बुट्टा भर्ने छौ उहाँले भन्नुभयो ।
कार्की भन्नुहुन्छ् अहिले सडक, भवन, खानेपानी र विद्युतको क्षेत्रमा धेरै काम गरेका छौ । अब वडाबासीको जीवन स्तर कसरी माथी उठाउने हो ? भन्ने कुरामा गम्भीर भएर लागेका छौ । जनताले निर्वाचित गरे हामीले कोरेको नक्साबाटै कृषि र रोजगारीको बाटोबाट वडालाई समृद्ध बनाउने छौ्। कार्कीले भन्नुभयो ।
.png)