यासोक— सयुक्त गठबन्धनको तर्फबाट उपाध्यक्ष पदका साझा उमेद्धवार महेन्द्र बहादुर खड्काले ग्रामिण अर्थतन्त्रको विकासमा जोड दिने बताउनु भएको छ । उहाँले गाउँपालिकावासीको जीवनस्तर सुधार गर्न ग्रामिण अर्थतन्त्रको विकासले मात्रै सम्भव हुने भन्दै पहिलो प्राथमिकता यसलाई दिने बताउनु भएको हो ।
विश्व सञ्चार अनलाइनसंग कुराकानी गर्दै उहाँले किसानले उत्पादन गरेको कृषि जन्य बस्तुको बजारीकरण नहुादा किसानले ठुलो समस्या भोग्दै आएको अवस्था छ । हामी निर्वाचित हुन साथ उत्पादनमा बृद्धि गर्दै बजारीकरणको व्यवस्थापन गछौ खड्काले भन्नुभयो ।
“गएको निर्वाचनमा वडाअध्यक्षमा पराजित भएको थिए । खड्काले भन्नुभयो बितेका पाँच वर्षमा किसानको चासो र गुनासो राम्रो संग बुझेको छु । कृषि क्षेत्रमै लामो समय काम गर्दा किसानको दु:ख—सु:खको साथी बनेको छु । त्यसैले यो पटक उपाध्यक्ष पदमा उमेद्धवारी दिएर चुनावी अभियानमा छु । जनताले विश्वास गरे कृषि क्षेत्रबाटै ग्रामिण अर्थतन्त्र माथी उठाउने योजना बनाएको छु उहाँले भन्नुभयो । खड्काले सयुक्त गठबन्धनको माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा उमेद्धवारी दिनुभएको छ ।
.png)