रमेश थापा
यासोक ः पाँचथरको कुम्मायक गाउँपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई विदामा नबस्न निर्देशन दिएको छ । पछिल्लो समय गाउँपालिकामा डेंगी रोग र भाइरल फिवर जस्ता माहामारी बढेको भन्दै अति आवश्यक काम बाहेक विदामा नबस्न निर्देशन दिएको हो ।
स्वास्थ्यकर्मीहरुले कार्यालय समय अवधिभर स्वास्थ्थ सस्थामा बसेर सेवा दिन समेत निर्देशन दिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले बताए । डेंगी र बातावरणीय प्रभावका कारण रुघाखोकी र ज्वरोका विरामी बढेको भन्दै नागरिकहरुलाई सहज सेवा दिने उदेश्यले यस्तो निर्देशन दिएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए ।
गाउँपालिकाको बिभिन्न स्वास्थ्य चौकीमा दैनिक ७ देखि १० जनासम्म ज्वरो र रुघाखोकीका बिरामी उपचारको लागि आउने गरेका छन । यस्तो संक्रमण बढ्न नदिन गाउँपालिकाले उच्च सावधानी अपनाउन पालिकावासीसंग आग्रह समेत गरेको छ ।
.png)