Comments Add Comment

वडाको बार्षिक प्रगती प्रतिवेदन तथा समिक्षा कार्यक्रम सम्पन्न

पाँचथर÷ पाँचथरको कुम्मायक गाउँपालिका–१ नं. वडाले बार्षिक प्रगती प्रतिवेदन सार्वजनिक गरेको छ । वडाले आर्थिक वर्ष २०७९÷०८० को वडा, पालिका र प्रदेश सरकारको सहयोगमा संचालन भएका योजनाहरुको प्रगति बिवरण सार्वजनिक गरेको हो ।
गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले २० पेजको वडाको बिवरण सार्वजनिक गरेका थिए । वडाको २२ वटा पूर्वाधार निर्माणको योजना धेरै जसो सम्पन्न भएको बताएका छन । त्यस्तै वडामा संचालन भएका पालिका अन्तरर्गतका १८ वटा योजना सम्पन्न भएको जनाएका छन । केही योजनामा सबै रकम खर्च नभएको र रकम अपुग भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वडाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पशुपालन क्षेत्रमा अनुदानका कार्यक्रम सार्वजनिक गरेको छ । संघ र प्रदेशका योजनाहरुको सन्तोषजनक प्रगति भएको वडाले जनाएको छ । वडाले सबै भन्दा बढि बिभिन्न शिर्षकमा ५ करोड ६० लाख २०२ रुपैयाँ राजश्व संकलन गरेको छ ।
वडाको समिक्षा कार्यक्रमका प्रमुख अथिति कुम्मायक गाउँपालिकाका अध्यक्ष वम प्रसाद लावतीले स्थानीय तहको गतिविधिलाई  सार्वजनिक गरी सुशासनको प्रत्याभुत गराउनु पर्ने बताए ।
 गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले वडास्तरबाट बार्षिक समिक्षा र अन्तर्रकृया जस्ता कार्यक्रम नियमित संचालन गर्नु पर्ने धाराणा राखे । उनले यस्ता समिक्षा र छलफलको बातावरणबाट सुझाव संकलन गरी त्यसै अनुरुप अघि बढ्न मार्ग निर्देशन हुने बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबि तुम्बापो, वडाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र संघसस्थाका प्रतिनिधिहरुले आ–आफ्नो भनाइ राखेका थिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ