Comments Add Comment

महिलाहरुलाई बंगुर पालन तालिम

 यासोक—पाँचथरको कुम्मायक गाउँपालिकामा तीन दिने व्यवसायिक बंगुर पालन तालिम सम्पन्न भएको छ । निर्धन लघु विक्त वित्तिय संस्थाको आयोजनामा सम्पन्न भएको तालिममा बिपन्न समुदायका महिलाहरुलाई बंगुर पालन व्यवसाय तालिम दिएको हो ।
संस्थामा आवद्ध विपन्न र ग्रामिण समुदायका महिलाहरुलाई कृषि क्षेत्रबाटै आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाका प्रमुख सन्दिप कुमार पन्डितले जनाए ।

सस्थामा आवद्ध फाल्गुनन्द र कुम्मायक गाउँपालिकाका ३५ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो 
तालिमका सहभागीहरुलाई बंगुर पालन गर्दा अपनाउनु पर्ने बिधि, चारो र फोहोर व्यवस्थापन उपचार र स्याहार सुसारको बारेमा सहजिकरण गरिएको पशु स्वास्थ्य शाखा यासोकका प्रमुख कपित देव मल्लले बताए । स्थानीय पृथ्वी मा.वि.को सभाहलमा सम्पन्न भएको तालिमका सहभागीहरुलाई प्रमाण-पत्र बितरण गरिएको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ