सिन्धुपाल्चोक, १९ माघ
जिल्लाको सुनकोशी गाउँपालिकाले आगलागी पीडितलाई सहयोग गरेको छ । सुनकोशी गाउँपालिका–२ ठोकर्पामा स्थानीय जालबहादुर केसीले सञ्चालन गरेको ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी भएर रु ५० लाख बढीको क्षति भएपछि सुनकोसी गाउँपालिकाले रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेको हो ।
आगलागी भएको स्थानमा पुगेर पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, वडाध्यक्ष कुमार शाही, पूर्णबहादुर महत, ईश्वर तिमिल्सिना, एमाले पालिका कमिटी अध्यक्ष प्रेमलाल लामालगायत उपस्थितिमा आज सहयोग रकम हस्तान्तरण गरिएको हो । –––
.png)