Comments Add Comment

डढेलो पीडित परिवारलाई राहत

खोटाङ, ५ फागुन  । खोटाङमा डढेलोले घर जल्दा विस्थापित भएका पीडित परिवारलाई राहत प्रदान गरिएको छ । फागुन ३ गते सामुदायिक वनमा लागेको डढेलोको झिल्कोबाट घरमा आगलागी भएपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका बक्तबहादुर बस्नेतको परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत प्रदान गरेको हो ।

अग्नी पीडित परिवारलाई राहत स्वरुप नगद १० हजार प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।अग्नी पिडितलाई भग्नावशेषमै पुगेर वडाका जनप्रतिनिधिको उपस्थितिमा कोषका प्रतिनिधि तामन राईले राहत हस्तान्तरण गरेका हुन् ।

आगलागीमा दुईवटा घर, एकवटा गुवाली, एउटा बाछी, एउटा १ वटा बाख्रा लगायत जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको थियो । आगलागीमा घर र घरमा भएका सम्पत्ती जलेपछि बस्नेतको १३ जनाको परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । 

आगलागीमा बस्नेतको बालबच्चाको पुस्तक, कापी, पेशाक समेत जलेको थियो । स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलोको झिल्को हावाले उँडाएर छानामा ल्याएपछि घर जलेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ