Comments Add Comment

सुत्केरी महिला मृत्यु प्रकरण : पिडित पक्ष र गाउँपालिका बिच सहमती

कुमार खड्का

यासोक–पाँचथरको कुम्मायक गाउँपालिका २ माङ्जाबुङकी सुत्केरी महिलाको मृत्यु भएको बिषयमा पिडित पक्ष र कुम्मायक गाउँपालिका बिच सहमती भएको छ। पिडित पक्ष र गाउँपालिका बिच २ बुँदे सहमती भएको हो। 

पिडित पक्षले स्वास्थयकर्मीको लापर्वाहीका कारण १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को ज्यान गएको आरोप सहित कुम्मायक गाउँपालिकालाई बोधार्थ लेख्दै बिभिन्न मागराखी केहिदिन अघि २ नम्बर वडा कार्यालयमा निवेदन दिएका थिए। सोहि निवेदनका आधारमा गाउँपालिका र पिडित पक्षबिच सहमति भएको छ। 

सहमतिको पहिलो नम्बरमा (१) मृत्यकको, अभिभावकलाई काजकृया खर्च उपलब्ध गराईने। (२) नवजात शिशुको भरण पोषणको लागि उचित रकमको व्यवस्था गाउँपालिकाले गर्ने सहमति भएको छ।

कुम्मायक गाउँपालिका २ माङ्जाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को पुष २० गते नानीलाई जन्म दिईसकेपछि ज्यान गएको थियो। माङ्जाबुङ स्वास्थ्य चौकीबाट रेफर गरेर जिल्ला अस्पताल पाँचथर पुृ¥याएपछि मृत्यु भएको घोषण गरिएको थियो। अहिले नानीको स्वास्थ्य अवस्था सामन्य रहेको छ।  मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन्। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ