कुमार खड्का
यासोक- पाँचथरको कुम्मायक गाउँपालिकामा मेलमिलापकर्ता सम्बन्धी तालिम सम्पन्न भएको छ । २०७९ माघ १८ गते सुरु भई ८ दिन सम्म चलेको मेलमिलापकर्ता सम्बन्धी आधारभुत तालिम २५ गते बुधवार सम्पन्न भएको हो ।
कुम्मायक गाउँपालिकाको आयोजनामा सञ्चालित तालिमको सहजीकरण मानव अधिकार मञ्च नेपाल, ईलामले गरेको थियो । प्रत्येक वडाबाट ३÷३ जना गरि ५ वडाका १५ जना र पालिका स्तरिय गरि तालिममा २१ जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण मानव अधिकार मञ्च नेपाल, ईलामका प्रशिक्षक मनकुमार बराईली र गायत्री थेगिम लिम्बुले गर्नुभएको थियो । समाजमा हुने विवादलाई मेलमिलापको माध्यमबाट मिलाएर भाईचाराको सम्बन्ध कायम राख्ने उद्धेश्य रहेको पालिकाका न्यायिक सिमिति संयोजक महेन्द्र खड्काले बताउनुभयो ।

.png)