दिपक दुलाल माघ २९
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित बालउद्यन आधारभूत विद्यालय,पातलीटारमा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ ।
विद्यालयमा आज बसेको अभिभावकहरुको भेलाले तेन्जिङ मोक्तान लामाको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति सर्वसहमत चयन गरेको हो ।
समितिका अन्य सदस्यहरुमा कृष्ण कुमार नेम्वाङ, टिकी माया तामाङ, नरेन्द्र नेम्वाङ, र शिक्षक प्रतिनिधी हर्कमाया चौहान चयन हुनुभएको छ । यसैगरी जननिर्वाचित प्रतिनिधिबाट वडासदस्य दिल कुमार आङ्देम्बे तथा सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक सञ्चरानी तामाङ रहनुभएको विद्यालयले जनाएको छ ।
अभिभावकहरुको सोहि भेलाले भिम बहादुर नेम्वाङको अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभावक संघ समेत सर्वसहमत चयन गरिएको छ । समितिका सदस्यहरुमा मन बहादुर लामा, देश कुमार नेम्वाङ, धन बहादुर नेम्वाङ, हर्क बहादुर तामाङ, हंस बहादुर नेम्वाङ, इन्द्र कुमारी नेम्वाङ(चेम्जोङ), अविन्द्र कुमार नेम्वाङ, सम्झना नेम्वाङ, हर्कमाया चौहान र सञ्चरानी तामाङ रहनुभएको छ ।
.png)