Comments Add Comment

सुनको भाउ २०० रुपैयाँले घट्यो, चाँदी भने स्थीर

काठमाडौं, २ फागुन  । 

नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने सुनको मूल्य स्थिर थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँ मूल्यमा कारोबार भएको थियो । 

यता,मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्य भने स्थिर छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ