Comments Add Comment

जेनेरेटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

पाँचथर- झापाको गौरिगंज गाउँपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको १७ बर्षका छोरा रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाक प्रहरी कार्यालय गौरिगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ