Comments Add Comment

सञ्चारमन्त्रीद्वारा एनटिभीको निरीक्षण

खजुरा, २ फागुन 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे उहाँलाई जानकारी गराउनुभएको थियो ।

सोही क्रममा मन्त्री शर्माले आजै कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग बढेकाले पाठक, दर्शक र स्रोताले रुचाउने किसिमका सामग्री उत्पादन गरी प्रशारण एवं प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले नेपालको संविधानमा गरिएको व्यवस्थाबारे लक्षित वर्गलाई जानकारी दिनेजस्ता जनमुखी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न आग्रह गर्नुभयो । सरकारले रेडियो नेपाल र टेलिभिजनलाई संयुक्तरूपमा सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले सरकारी सञ्चार माध्यमलाई स्थानीय सरकारसँग सहकार्य गर्न निर्देशनसमेत दिनुभयो ।

त्यस अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले संस्थालाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि आफूहरू लागिपरेको बताउँदै टेलिभिजनका कार्यक्रम तथा समाचार सामग्रीमा परिमार्जन गरी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता गर्नुभयो ।–––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ