Comments Add Comment

आईसीसी विश्वकप: ‘प्लेअर अफ दि म्याच’को उपाधी जर्ज मुन्सेलाई

काठमाडौं, ३ फागुन

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्ड जर्ज मुन्सेले ‘प्लेअर अफ दि म्याच’को उपाधी जितेका छन ।

नामिबियामाथि १० विकेटको फराकिलो जित हासिल गरेका स्कटल्यान्डका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाएका थिए । स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो शतक हो । 

किर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नामिबियालाई १० बिकेटको फराकिलो अन्तरले बिजयी जीत निकालेका स्कटल्याण्डले नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ