Comments Add Comment

समाजसेवी सेर्माले दिए विद्यालयलाई १४ थान कम्प्युटर

रमेश थापा 
पाँचथर :
पाँचथरको कुम्मायक गाउँपालिका—२ को एक विद्यालयलाई समाजसेवी गजेन्द्र सेर्माले कम्प्युटर सेट हस्तान्त्रण गरेका छन । कुम्मायक—२ स्थीत माङजाबुङ घर भई हाल दक्षिण कोरिया प्रवासमा श्रम गर्दै आएका सेर्माले सोही वडाकै सिद्ध सरस्वती मा.वि लाई १४ थान कम्प्युटर  सेट हस्तान्त्रण गरेका हुन । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सेर्मा परिवारले विद्यालयका प्र.अ पुर्णकुमार सेर्मालाई उक्त कम्प्युटर सेट हस्तान्त्रण गरेका थिए

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कमजोर हुदै गएको भन्दै शिक्षालाई व्यवसायिक र प्रविधिमैत्री बनाउने उदेश्यले कम्प्युटर हस्तान्त्रण गरेका सेर्माको भनाइ छ । उनले ३ लाख मुल्य बराबरको १४ थान कम्प्युटर विद्यालयलाई हस्तान्त्रण गरेका हुन । विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन महत्वपूर्ण योग्दान दिएको भन्दै विद्यालयले सेर्माको परिवारलाई सम्मान गरेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले विद्यालयमा पुर्‍याएको योग्दान प्रति  खुलेरै प्रसंशा गरे । उनले भने “कोरियामा पैसा कमाउन ठुलो संघर्ष गर्नुपर्छ । त्यहि संघर्ष गरेर कमाएको पैसाले गाउँपालिकाको बृद्धि र विकासको लागि खर्च गर्नु पुन्यको काम हो । यो कामलाई पालिकाले सधै स्मरण गर्नेछ् उनले भने । कार्यक्रममा वडाअध्यक्ष बालकृष्ण सेर्मा, शिक्षक, अभिभावक, विद्यार्थी राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ