Comments Add Comment

वडाले गर्‍यो रनिङ शिल्ड बिजेता विद्यालयलाई सम्मान

रमेश थापा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ नं. वडा कार्यालय आङसराङले रनिङ शिल्ड बिजेता विद्यालयलाई सम्मान गरेको छ। वडामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वडाले बिजेता विद्यालय जयनारायण आर्दश मा.वि.का विद्यार्थी र शिक्षकलाई सम्मान गरेको हो। 
पाँचौ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण पदक विजेता आयोजक जयनारायण आदर्श माद्यमिक विद्यालय मेहेलबेटेले पहिलो उपाधि हात पार्दै नगद १० हजार रुपैंयाँ, शिल्ड र ट्रफी प्राप्त गरेको थियो । वडाको विद्यालयले उपाधि जित्न सफल भएको भन्दै विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिएको वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेले बताए । वडाले चालु आर्थिक वर्षमा खेल व्यवस्थापनको लागि विद्यालयलाई १ लाख रुपैयाँ नगद सहयोग गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ