Comments Add Comment

विश्वकप क्रिकेट टोलीमा दुई नयाँ अनुहार, जेठ १८ गते अफ्रिका जाने

काठमाडौं, १५ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ । 

क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो ।  

नेपालले एसिसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको क्यानले अर्जुन साउद र किशोर महतोले टोलीमा फर्काएको छ ।

एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्य टोली राखेको भए पनि बन्द प्रशिक्षणमा रहेका देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरालाई भने नयाँ टोलीमा समावेश गरेको छैन । 

आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको तयारीको लागि जेठ १८ गते अफ्रिका जानेछ, सोही क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ । त्यहाँ १० दिन बिताएपछि नेपाल दक्षिण अफ्रिकाबाट जेठ २८ मा जिम्बावे जानेछ । लगत्तै भोलीपल्ट नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्ने तयारीका साथ नेपालले क्रिकेट टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल,  ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ