Comments Add Comment

ओली,देउवा र प्रचण्डको मात्रै समाचार किन छापिन्छ पत्रिकाको पहिलो पानामा?

 

 

पाँचथरः म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्डर शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन?’ शुक्रबार राजधानीमा आयोजित आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक कार्यक्रममा बालक्लबकी लुनिभा श्रेष्ठले प्रश्न गरिन् ।

सोही सन्दर्भमा अर्की छात्र सुधा पौडेलले सोधिन् सञ्चारमाध्यममा बालबालिकाको सन्दर्भ समेटिएका समाचार किन वर्षमा एक दिन मात्रै आउँछ? दिन दिनै लेख्न मिल्दैन?’ उनको अर्को प्रश्न थियो के हाम्राबारेमा पहिलो पेजमा समाचार लेख्नै नमिल्ने हो?’

विभिन्न बालक्लबममा आबद्ध १५ जना बढी बालबालिकाले यस्तै यस्तै प्रश्न गरे । उनीहरूको गुनासो थियो हाम्राबारेमा पहिलो पृष्ठमा समाचार पढनै पाइन्न ।कार्यक्रममा सहभागी अर्की बालिका विपना बस्नेतले बालयौन दुव्र्यवहारका विषयमा धेरै समाचार छापिएको भन्दै प्रश्न गरिन् बाल यौन दुव्र्यवहार कम गराउने खालको सन्देशमूलक समाचार मिडियाले किन लेख्दैन?’

कार्यक्रममा सहभागी पत्रकारले मिडिया हाउसको आ आफ्नो नीतिअनुरूप समाचार लेख्नुपर्ने भन्दै बालबालिकाबारे पनि धेरै समाचार लेखेको प्रस्ट पारे । कार्यक्रममा सहभागी एक पत्रकारले सुझाव दिँदै भनें मोबाइल हातमा पर्नेबित्तिकै गेम हेर्ने र टिभीको रिमोट हात पर्ने बित्तिकै सिरियल हेर्न छाडेर समाचार हेर बालबालिकाको समाचार पनि देख्ने छ्यौं ।

सहभागी सुधा पौडेलले जवाफ फर्काइन् मैले मोबाइल त भर्खर पाएँ । टिभी मेरो घरमै छैन । म पत्रिका पढ्छु तर, हाम्रोबारेमा समाचार देख्दिनँ ।बालबालिका र सञ्चारकर्मीबीच एकछिन जुहारी नै चल्यो । तर, बालबालिकाले आफ्नैबारेमा त्यति धेरै चासो राखेकोमा सहभागी सञ्चारकर्मीले उनीहरूको क्षमताको प्रशंसा गरे । राजधानी दैनिकबाट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ