Comments Add Comment

लक्ष्मणको घर निर्माण, प्रजातन्त्र दिवसमा हस्तान्त्रण 

रमेश थापा
पाँचथर: पाँचथरको फालेलुङ गाउँपालिका–३ बिकटेका लक्ष्मण राईको घर निर्माण गरिएको छ। अपाङगतासँगै आर्थिक रुपमा विपन्न र एकल जीवन बिताउदै आएका उनको घर निर्माण गरी हस्तान्तरण गरिएको छ। संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्वेको आर्थिक सहयोग र जनसेवा समाज पाँचथरको समन्वयमा निर्माण गरिएको घर प्रजातन्त्र दिवसको अवसरमा हस्तान्तरण गरिएको हो।

राईको घर निर्माण गर्न जनसेवा समाज पाँचथर र फालेलुङ ३ का वडाध्यक्ष शक्ति केरुङको पहल र आङदेम्बेको आर्थिक सहयोग घर निर्माण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए। यस्तै घर निर्माण गर्न सशस्त्र प्रहरीको हिमशिखर गुल्म र फालेलुङ ३ का स्थानीय बासिन्दाले श्रमदान गरेका थिए। घर निर्माण गर्न स्थानीय सामुदायिक बनले काठ उपलव्ध गराएको थियो । घर हस्तान्तरणसँगै राईलाई आङदेम्वेले दैनिक उपभोग्य खाद्यन्य सहितका सामग्री उपलब्ध गराएका थिए।
घर हस्तान्तरण क्रममा आङदेम्वेले कमजोर आर्थिक अवस्थाकै कारण कष्ठकर जीवन यापन गर्दै आएका नागरिकलाई सहयोग गर्नु आफ्नो कतब्य रहेको बताए। उनले घर निर्माण गर्न भूमिका खेलेकोमा स्थानीय जनप्रतिनिधि र सहयोगी निकायलाई बधाई दिए।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ