पाँचथर — प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भएको छ । बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवा नगएपछि सांसदहरुले प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो ।
बिहीबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवा संसदमा उपस्थित नभएपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न उठाएका थिए ।
जिम्मेवारी विभागको प्रधानमन्त्रीज्यूले नै जवाफ दिनुपर्छ । ’सांसद सुवालले प्रधानमन्त्री बिरामी भएको भए वा विदेश गएको भए संसदलाई जानकारी हुनुपर्ने भन्दै विना जानकारी संसदमा उपस्थित हुन नमिल्ने बताए । आफ्नो जिम्मेवारीको विभाग र मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै उनले सामान्य बैठकका लागि प्रधानमन्त्रीले संसद छोड्न नमिल्ने बताए ।

यसरीनै एमाले सांसद भीम रावलले आफ्नो मन्त्रालय अन्तरगतको बिनियोजन विधेयक र उठेका प्रश्नहरुको जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई सो पदमा बस्न नैतिकताले नदिने बताए । उनले भनेअघि त मैले उहाँ उपचार गर्दै हुनुहुन्छ भन्ने हल्ला सुनेको थिए । कपाल कि पेट के दुख्यो भन्ने सुनेको थिए । प्रधानमन्त्री जी सिकिस्त विरामी हुनुहुन्छ भने कुन अस्पतालमा हुनुहुन्छ ? त्यो जानकारी पाउँ ।
हैन उहाँ यो एसपीपीको सन्र्दभमा अमेरिका जाने कुरा थियो । गृहमन्त्रीले हामी त्यता जाँदैनौं भनेपछि उहाँको त्यो भ्रमण त रद्ध भइसकेको हुनुपर्छ । उहाँ कुन देश जानुभयो वा नेपालमै हुनुहुन्छ कि ? सांसद रावलले सभामुख मार्फत लोकतन्त्रको उपहास नगर्न र संसदको उपहास नगर्न माग गरे ।
प्रधानमन्त्री स्वयं आएर यो प्रतिनिधि सभामा जवाफ दिइयोस् । कमसेकम प्रधानमन्त्री कार्यालयको जवाफ दिन नसक्नेलाई नैतिकताले त्यो पदमा बस्न दिन्छ उनले प्रधानमन्त्रीलाई न्यूनतम नैतिकताको पालना गर्दै संसदमा आएर जवाफ दिन आग्रह गरे । प्रधानमन्त्री बिरामी हो भने कुन अस्पतालमा रहेको र वार्ता गर्दै हो भने कुन देशमा राजदूतसँग वार्ता गर्दै हो त्यसबारे जानकारी गराउन आग्रह गरे ।
.png)