सम्झना कुँवर
काठमाण्डौ – काठमाण्डौ महानगरपालिका अन्तर्गत कार्यरत कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेको छ ।
महानगरपालिका मातवतका सबै विभाग र वडालाई पत्र पठाएर सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ ।
स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नबन्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

.png)