काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन्।
केही बेर अघि सुरु भएको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन।
हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
देउवाको प्रस्ताव अनुमोदन भए पछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पौडेलको उम्मेदवार दर्ता हुनेछ।
.png)