Comments Add Comment

गोंगबुबाट अवैध लागु औषधसहित १९ जना पक्राउ

काठमाडौं, २१ मंसिर

गोंगबुबाट अवैध लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका-१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । 

मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त कोठाबाट अवैध लागु औषधसँगै ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ