Comments Add Comment

उम्मेदवारी दर्ता पछि पौडेलले भने ‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, सर्वसम्मत हुने इच्छा छ’

काठमाडौं, १३ फागुन । भावी राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरे पछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सर्वसम्मत चयन हुनेमा विश्वास ब्यक्त गरेका छन ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास ब्यक्त गरेका हुन । 

‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु।’ पौडेलले सञ्चारकर्मीसँग भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ।’ 

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ