काठमाडौं, ४ असार ।
टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा मोरङ घर भई हाल काठमाडौं टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बु लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका-१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएका दिपेन लिम्बुको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय, काठमाण्डौले बिश्व सञ्चार अनलाईनलाई जानकारी गराएको छ ।
.png)