मनोज थापा- नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन अनेरास्ववियुले यासोक क्याम्समा कमिटी गठन गरेको छ। राजकुमार लावतीको अध्यक्षतामा १७ सदस्यीय क्याम्पस कमिटी गठन गरेको हो।
कमिटीको अध्यक्षमा लावती निर्विरोध निर्वाचित भएका थिए। उपाध्यक्षमा याममायाँ थापा चयन भएकी छिन्। सचिवमा सुनिता भण्डारी, सह-सचिव मनिषा खड्का, खुमा घिमिरे, मनोज थापा र कोषाध्यक्षमा जुनी लावती निर्वाचित भएकी छिन्।
कार्यक्रममा अनेरास्ववियु फिदिम नगर कमिटी तथा जिल्ला कानुन विभागका सचिव टिपेन्द्र तुम्रोकले अधिकांश संस्थाहरुमा शिक्षाको गुणस्तर कमजोर भईरहेको भन्दै सुधारका लागी अनेरास्ववियुले पहलकदमी गर्नुपर्ने धारण राखे।
कार्यक्रम याममाया थापाको अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख अतिथि नेकपा एमाले कुम्मायक गाउँपालिका कमिटीका अध्यक्ष रुपेश शेर्मा, अतिथी राम गजुरेल, देशु चेम्जोङ लावती, मदन आचार्य, बबिता सम्बाहाम्फे लगायत विद्यार्थीहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।
.png)