Comments Add Comment

पर्वतमा चितुवा मर्‍यो

काठमाडौं, १९ फागुन

पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए ।

तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा मरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । उनका अनुसार उक्त चितुवाले बिहान बिहानमात्रै एकजना महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो । चितुवालाई बिहान करिब १० बजेतिर स्थानीयले नियन्त्रणमा लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ